५१औं ईशामे फोरममा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी सम्मानित

काठमाडाैं- समाज सेवामा बिश्व कै अग्रणी सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रियको ५१औं ईशामे फोरममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी सम्मानित भएका छन् ।

लायन्स अन्तर्राष्ट्रियमा सबै भन्दा बढ़ी क्लब र सदस्यता बढाएकाेमा सो सम्मेलनमा उनि सम्मानित भएका हुन् । गभर्नर केसीको नेतृत्वमा डिष्ट्रिक्ट ३२५ आई नेपालबाट ३८ वटा नयाँ क्लब, एक हजार २५ नयाँ सदस्य लायन्स अन्तर्राष्ट्रियमा दर्ता गराउन सफल भएका थिए । डिष्ट्रिक्टमा १८१ वटा क्लब रहेका छन् ।
सम्मानित भए पश्चात सामाजिक संजालमा सम्पूर्ण लायन्स सदस्यलाई धन्यवाद र आभार ब्यक्त गर्दै उनले लेखेका छन्, ‘पुन: एकपटक यहाँहरूले आफ्नो डिष्ट्रिक्ट ३२५ आई मार्फत नेपाललाई दुनियाका लायन्स मार्फत संसारभर सुनिने, चिनिने र देखिने बनाउनु भएको छ। यहाँहरुको मेहनत र नेतृत्वदायी भुमिकाको उच्च प्रशंसा गर्न चाहन्छु । यहाँहरुले आफ्नो डिष्ट्रिक्टलाई प्रथम बनाउन सफल भै ५१औं इशामे फोरम, बंगलादेशमा पुरस्कृत गराउनु भएकोमा हार्दिक बधाई ।
हामी थाक्ने छैनौ र जित भन्दा अझ अगाडी सोच्ने छौ । मसँग त्यस्तो कुनै शब्द छैन, जसले यहाँहरुको योगदानको सम्मान गर्न सकु र पनि सम्पुर्ण क्याविनेटका लिडरहरू क्लबका अध्यक्षहरुमा ह्र्दय देखि हार्दिक आभार प्रकट गर्दछु ।

बिशेष गरी यो अभियानमा योगदान गर्ने लायन साथिहरु यसको हकदार हुनुहुन्छ र यहाँहरु इतिहासले सम्झने एक पवित्र पात्र हुनुहुन्छ ।’
लायन्स अन्तर्राष्ट्रियको ५१औं ईशामे फोरम डिसेम्बर १४ देखी १७ सम्म बंगलादेशको ढाकामा भरहेको छ । सम्मेलनमा ६३ राष्ट्रका लायन्स सदस्यहरु र बाँकी अन्य मुलुकका पर्यवेक्षक गरी करिव १०० राष्ट्रका लायन सदस्यहरुको उपस्थिति रहेको छ । इशामेमा भारत, दक्षिण पुर्वि एशिया, अफ्रिका तथा मिडिल इष्टका ६३ राष्ट्रको क्षेत्रिय सम्मेलन भन्ने बुझिन्छ । यसमा लायन्सले गरेका कार्यक्रमको मुल्याङन भावी कार्ययोजना विषयमा छलफल र निर्णय हुनेछ ।
दुई हज़ार बढ़ी लायन्स क्लबका करीव ५० हज़ार लायन्स सदस्यहरु नेपालमा लायनबादमा समर्पित भइ सकृय रहेका छन् । नेपालका लायन्स सदस्य लायन्स अन्तर्राष्ट्रिय स्तरमा परिचित भई सन् २०१५ र २०२३ मा अन्तर्राष्ट्रिय निर्देशक पाई सकेको छ ।
लायन्सले नेपालमा गरेको सामाजिक कार्यको सम्मान गर्दै पहिलो पटक सन् २०१५ मा संजय खेतान र हाल बालकृष्ण बुर्लाकोटीले अन्तर्राष्ट्रिय निर्देशकको रुपमा नेतृत्व गरिरहरनुभएकाे छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.