उखुको खरिद मुल्य प्रति क्विन्टल ६ सय ३५ रुपैयाँ तोकियो

काठमाडौँ- सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो ।
यसमध्ये ५ सय ६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।
बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनु भएको छ ।
मन्त्रीपरिषदको बैठक भोलि फेरि बस्ने मन्त्री शर्माले जानकारी दिनु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्