संसदीय समितिहरु सक्रियः समितिका पाँचवटा बैठक आज बस्दै

काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतका विभिन्न पाँच वटा संसदीय समितिका बैठकहरु आज बस्दैछन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नगरपालिका राष्ट्रिय महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र माध्यमिक विद्यालय शिक्षक युनियनसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे छलफल गर्दैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको आगामी कार्ययोजना र कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुँदैछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक तथा यौनिक अल्पसख्यकहरुको नागरिकता तथा कानूनी अधिकार सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाद्यान्न लगायतका आत्यावश्यकीय उपभोग्य वस्तुको माग र आपूर्तीको अवस्था, दुर्गम क्षेत्रमा वितरणको अवस्था र भावी कार्ययोजना लगायतका विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.