बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ- जिल्ला अदालत सर्लाहीले बलात्कार मुद्दामा आरोपित ‘तपस्वी’ रामबहादुर बम्जनलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिनुभएको हो ।

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको र उहाँलाई  महोत्तरी जिल्ला कारागार जलेश्वर चलान गरिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।

यसैगरी प्रतिवादीका साक्षीलाई माघ ७ गते बकपत्रका लागि अदालतमा बोलाउने आदेश समेत भएको अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.