खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

काठमाडौ- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिनुभयो । उहाँको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो ।

गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गरिने बताइएको छ । गङ्गामायाका एक छोरा र एक छोरी हुनुहुन्छ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.