रियल म्याड्रिडको फराकिलो जित, भिनिसियस जुनियरको ह्याट्रिक

काठमाडौं- दश खेलाडीमा सिमित बार्सिलोनालाई हराउँदै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आज विहान सम्पन्न फाइनल खेलमा भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले रियल मड्रीड ४–१ को फराकिलो जित निकाल्न सफल भएको हो ।
ब्राजिलियन विंगरले सुरुवाती दश मिनेटभित्र दुई गोल गर्दै कार्लो एन्चेलोटीको टोलीलाई अग्रता दिलाएका थिए । ३३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि लगत्तै पेनाल्टीबाट गोल गर्दै भिनिसियसले आफ्नो ह्याट्रिक पुरा गरे ।
दोस्रो हाफमा रोड्रिगोले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । ७१ औँ मिनेटमा रोनाल्ड आरुहोले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेपछि बार्सा दश खेलाडीमा सीमित बनेको थियो ।





प्रतिक्रिया राख्नुहोस्