प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता: एपीएफको लगातार दोस्रो जित

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले लगातार दोस्रो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशलाइ ६ विकेटले पराजित गर्दै एपीएफ विजयी भएको हो । कोशीले दिएको १३६ रनको लक्ष्य पछ्याएको एपीएफले ४७ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
एफीएफको जितका लागि कप्तान रोहित कुमार पौड्यालले अलराउन्डर प्रदर्शन गरे । कप्तान पौड्यालले ८० रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको कोशीले ४४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३५ रन बनायो ।
जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोडेको छ ।
यसैगरी, आजै भएको अर्को खेलमा मधेश प्रदेशलाई १ सय २६ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले सानदार विजयी सुरुवात गरेको छ ।
जितको लागि ३ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको मधेश ४८.४ ओभरमा १ सय ९४ रनमा अल आउट भएको थियो ।
यस्तै आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । सुदूरपश्चिमको यो पहिलो खेल हो ।
सुदूरले मंगलबार कर्णालीसँग खेल्नेछ ।।






प्रतिक्रिया राख्नुहोस्