घुस लिएको अभियोगमा वडाध्यक्ष पक्राउ, चालकमाथि पनि अनुसन्धान

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको अभियोगमा बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश वादेलाई नियन्त्रणमा लिएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले वडा अध्यक्ष बादेलाई पक्राउ गरेको हो ।

आयोगले अध्यक्ष बादेबाट सेवाग्राहीसँग लिएको १५ लाख रुपैयाँ, स्रोत नखुलेको दस हजार जापानी येन, एक सय अमेरिकी डलर र हुण्डाइ आइ टेन पनि बरामद गरेको छ ।

चालक पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.