सुन्तला बिक्रीबाट २४ करोड आम्दानी

धादिङ-  धादिङका किसानहरुले सुन्तला बिक्रीबाट  २४ करोड आम्दानी गरेका छन् ।  कृषि ज्ञान केन्द्र धादिङका अनुसार गत साल जिल्लामा अठार करोड बराबरको सुन्तला बिक्री भएको थियो । 

यस वर्ष उत्पादनमा केही कमी आएको भएपनि किसानहरुले गत सालको भन्दा २५ प्रतिशत बढी मुल्य पाएका छन् ।  किसानले राम्रो भाउ पाए पनि गत गत वर्षको तुलनामा भने ५६ मेट्रिक टन सुन्तला उत्पादन घटेको केन्द्रले जनाएको छ । 

अहिलेसम्म पचहत्तर प्रतिशत सुन्ताला बगैँचाबाटै विक्रि भई सकेको छ । धादिङमा  पाँच सय ६० हेक्टर जमिनमा सुन्ताला खेती गरिदै आइएको छ ।

धादिङमा उत्पादित सुन्तला चितवन काठमाण्डौँ  पोखराका बजारहरूमा बिक्री हुने गरेको छ।

विषेश गरी दक्षिणी धादिङको बेनीघाट जवाङ्ग, हेक्राङ्ग, घैराङ्गशिद्धलेक गाउँपालीकाको नलाङ्ग र नीलकण्ठ नगरपालीकोको बसाहा, रिजालथोक लगाएतका स्थानहरुमा सुन्तालाको ब्यवसायीक खेती गरिदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.