ललितपुरका नापी सर्वेक्षक यादव घुससहित पक्राउ

काठमाडौं- नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको हो ।

घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरू माथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.