बागलुङ–२ मा रास्वपाका शर्मा विजयी

ढोरपाटन (बागलुङ)- बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी हुनुभएको छ । उहाँले १२ हजार ६४७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उहाँका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गर्नुभएको छ । एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्नु भएको छ ।

पत्रकारिता र सामाजिक अभियान्ताको रुपमा लागेका शर्मा भ्रष्ट्राचार विरोधी अभियानमा सक्रिय हुँदै आउनु भएको थियो ।

उहाँ जेन–जी आन्दोलनमा पनि अग्रपंक्ति साथै, माइतीघरमा हुने अन्य आन्दोलनहरूमा पनि सधै जसो सक्रिय हुनुहुन्थ्यो ।

उच्च माध्यमीक तह सम्मको अध्यान पुरा गर्नुभएका शर्मा २९ पुस २०४८ सालमा बागलुङ नगरपालिका–१२ मा जन्मिनु भएको हो ।

उहाँ हाम्रो बागलुङ हाम्रो जिम्मेवारी’ अभियान, लियो क्लब अफ बागलुङ कालीका, देश भक्त युवा नेपाल, आम युवा आन्दोलन तथा ‘अब बोल्छ नेपाल’ जस्ता संस्थामार्फत उनले जनचेतना, सामाजिक सेवा, सुशासनका पक्षमा वकालत र सामाजिक आन्दोलनमा सहभागिता जानाउँदै आउनु भएहो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.