आहा रारा पोखरा गोल्ड कपको उपाधि आर्मीलाई

काठमाडौँ – त्रिभुवन आर्मी क्लबले पोखरामा भएको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालामा आज भएको फाइनल प्रतिस्पर्धामा ए डिभिजन क्लव थ्री स्टारलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो पटक पोखरा गोल्डकपको उपाधि जितेको हो ।

आर्मीको जितमा कप्तान जिलेस्पी जंग कार्की , फत्तेमान घले र बसन्त जिम्बाले १-१ गोल गरे । कप्तान जिलेस्पीले ३८ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता बनाएका थिए । दोस्रो हाफको ८३ औं मिनेटमा फत्तेमानले आर्मिका लागि अर्को गोल थप्दै अग्रता दोब्बर बनाए ।

यसैगरी बसन्तले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै आर्मीको जित निश्चित गरेका थिए । यो संगै आर्मीले छैठौं पटक उपाधि जित्ने थ्रीस्टारको लक्ष्यमा पूर्णविराम लगायो ।

उपाधिसहित आर्मीले १२ लाख १ हजार रुपैंया पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको थ्रीस्टारले ६ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.