निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ६५ जनाको आँखा जाँच

गुल्मी- गुल्मीमा आँखा उपचारको निःशुल्क शिविरमा करिब चार सय जनाले सेवा लिएका छन् । जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मी र मदाने आँखा उपचार केन्द्रको आयोजना तथा मदाने गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा मदाने आँखा उपचार केन्द्र पूर्कोटदहमा दुई दिनसम्म निःशुल्क शिविर चलेको थियो ।

शिविरमा ३ सय ६५ जनाको आँखा जाँच र ४२ जना बिरामीहरूको मोतिया बिन्दुको शल्यक्रिया निःशुल्क गरिएको आँखा उपचार केन्द्रका बिरबहादुर कार्कीले बताउनुभयो । शिविरमा विगत दुई वर्षदेखि दुवै आँखा नदेख्ने दुईजना लगायत सबै बिरामीहरुको शल्यक्रिया सफलतापूर्वक गरिएको थियो ।

शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा अनुसन्धान केन्द्रका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा कृति जोशी र जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्रका प्राविधिकहरुको संयुक्त टिमको सहभागिता रहेको थियो ।

जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मीले जिल्ला सदरमुकामसँगै ग्रामीण वस्तीमा पुगेर शिबिर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.