नेपालले भुटानलाई १-० गोल अन्तरले हरायो

काठमाडौँ- बङ्गलादेशमा जारी उमेर समुहको साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भुटानलाई पराजित गरेको छ । ढाकाको मुस्ताफा कमल रंगशालामा भएको खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले हराएको हो ।

यसअघि भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

घरेलु टोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । नेपालले समुहको अन्तिम खेलमा मङ्गलबार भारत विरुद्ध खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन् ।

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.