केन्द्रीय सदस्य बुढाथोकीकाे निधनमा तीन दिनसम्म कांग्रेसकाे सबै कार्यक्रम स्थगित

काठमाडाै‌- नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठकले पार्टी केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेकाे छ ।

केन्द्रीय कार्यसमितिको पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेकाे आकस्मिक बैठकद्वारा बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णय गर्दै तीन दिनसम्म पार्टीका सबै कार्यक्रम स्थगित निर्णय गरेकाे हाे ।

तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र गर्ने पनि निर्णय गरिएकाे पार्टीका मुख्यसचीव कृष्ण पाैडेलले जानकारी दिनुभयाे ।
यस्तै बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने ऽ स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३ औं दिनमा बुढाथाेकीकाे गृह जिल्ला झापामा शोक सभाको आयोजना गर्ने निर्णय गरेकाे छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको छ ।

वि.सं. २००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.