बारा सडक दुर्घटनाः अनुसन्धानका पूर्व अधिकारीसहित एक बालिकाको मृत्यु

बारा- टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ ।

मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त हुनुभएको हो । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच बारामै बस दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा कलैया उपमहानगपालिका-८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो ।

कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० नं को यात्रुबाहक बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

मृतक बालिका आमासित बस चढेर मामाघर जाँदै थिइन् । घटनापछि मृतकका आफन्तले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले बसका चालक मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.