गुल्मीमा १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित सुरु
गुल्मी- गुल्मी जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबारबाट सुरु भएको १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित २६ गतेसम्म सञ्चालन हुनेछ ।
जिल्ला सदरमुकाम तम्घासमा सुरु भएको प्रतियोगितमा जिल्लाका १२ वटा स्थानीय तहबाट खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले शुभारम्भ गर्नुभएको हो ।
जिल्ला स्तरबाट छनोट भएका खेलाडीहरु प्रदेशस्तरमा सहभागि हुन पाउने छन् । प्रतियोगिता शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अनुशासित पूर्वक खेल प्रर्दशन गर्न प्रतियोगिहरुलाई आग्रह गर्नुभयो ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी विभिन्न चार विधामा खेल हुनेछन् । प्रतियोगितामा कोच, खेलाडी र विभिन्न पक्षबाट गरी नौ सय बढीको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्