काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ- नेपाली कांग्रेसले महासमिति बैठकको तयारीका सम्बन्धमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले फागुन ३ गते केन्द्रीय समिति बैठक बोलाइएको हो ।

केन्द्रीय कार्य समिति बैठक आगामी विहिवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बताइएको छ ।

आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको र  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध  गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.