भुम्लुको चाखोलामा मोटरेबल पुल निर्माण भए सँगै स्थानीय खुशी

काभ्रे-  काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं ९, चालिसेटार स्थित चाखोलामा मोटरेबल पुल निर्माण भए सँगै सो स्थानमा स्थानीयले बर्षामा सास्ती खेप्नु नपर्ने भएको छ ।


आइतबार एक कार्यक्रमका विच बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले उद्धघाटन गर्नु भयो । गाउँपालिकाको ४२ लाख र जनसहभागितामा अरनिको राजमार्गस्थित चालिसेटारबाट चुल्ठेडाँडा जोड्ने पुल निर्माण नहुँदा बर्षाको समयमा तरकारी बोकेर कृषक, विद्यालय जाने बालबालिका र स्थानीय ५२ किलोस्थित झोलुङगे पुलसम्म पुग्न बाध्य थियो ।

बर्षामा खोलो बढेर तर्न नसकेपछि खोलाकै अर्काे छेउ हिँडेर २–३ घण्टा लगाएर घर पुग्नुपर्ने बाध्यता थियो अब गाडी नै चल्ने पुल तयार भएपछि स्थानीय निकै खुशी छन् ।
भुम्लु वडा नं ९ का वडाअध्यक्ष दलबहादुर तामाङले २०४५ सालदेखिको पुल बनाउने सपना पुरा भएको भन्दै यसअघि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको सुनाए ।
पुल उद्धघाटनमा पुगेका मन्त्री तीर्थ लामालाई स्थानीयले खानेपानी र सिंचाईको समस्या भएकाले समाधान गरिदिन आग्रह गरे ।
खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले भुम्लुका सबै स्थानको खानेपानी र सिंचाई समस्या समाधान गर्न आफू प्रतिवद्ध भएको बताउनुभयो । उहाँले ती सबै योजना आगामी आर्थिक बर्षको बजेटमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।


भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल,गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले भुम्लु गाउँपालिकाका विभिन्न वडामा करिब १४ करोड ५० लाखका योजना लामा नेतृत्वको मन्त्रालयबाट विनियोजन भएको भन्दै धन्यवाद ब्यतm गदै आगामी दिनमा विकास निर्माणको लागि बजेट बिनियोजनलाई निरन्तरता दिन अनुरोध गर्नू भयो ।

त्यस्तै मन्त्री लामाले भुम्लु गाऊँपालिकाका बिभिन्न स्थानमा निर्माणाधीन खानेपानी तथा सिंचाईका योजनाहरुको अनुगमन एवम निरीक्षण गर्नूभयो ।भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दाबा) का अनुसार, खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामामार्फत भुम्लुका सबै वडामा गरी १४ करोड ५० लाख बराबरको खानेपानी तथा सिंचाइका आयोजना कार्यान्वयनमा छन् । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.