क्यानडाविरुद्ध एकदिवसीय सिरिजमा नेपालको क्लिन स्वीप

अनिलकुमार साह र भीम सार्कीले बनाए शतक

काठमाडौँ- नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ ।  त्रिवि क्रकेट मैदानमा आज भएको  तेस्रो खेलमा नेपालले ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

खेलमा अनिलकुमार साह र भीम सार्की दुबैले एक दिवसीय खेलमा पहिलो शतक बनाए ।  खेलमा अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.