बजेटको आकार १७ खर्बबाट घटाएर १५ खर्बमा झारियो (पूर्णपाठ)

काठमाडौँ- सरकारले चालु आर्थिक बर्षको बजेटको आकार घटाएको छ । अर्धवार्षिक समीक्षामार्फत बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई १५ खर्ब झारिएको अर्थमन्त्री डा. प्रकाश शरण मतहतले जानकारी दिनुभयो ।

सरकारले चालु आर्थिक बर्षमा रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरिएकोमा रु १५ खर्ब ३० करोड ६२ लाख खर्च हुने संशोधित अनुमान गरेको हो। यो रकम कुल विनियोजनको ८७ दशमलव ३८ प्रतिशत हो ।

यस्तै सरकारले चालु रु १० खर्व ७ अर्ब ४५ करोड ४७ लाख अर्थात विनियोजनको ८८ दशमल २४ प्रतिशत पुँजीगत तर्फ रु २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात विनियोजनको ८४ दशमलव १३ प्रतिशत र वित्तिय ब्यवस्थातर्फ रु २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात ८७ प्रतिशत खर्च हुने अनुमान गरेको छ ।

चालु आर्थिक बर्षको अन्त्य सम्ममा राजश्व र आन्तरिक ऋण रु १३ खर्ब ९ अर्व ३० करोड शंशोधित अनुमान रहेको छ ।

त्यस्तै चालूतर्फ कुल ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुनेगरी लक्ष्य निर्धारण गरिएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.