‘युद्धप्रसाद मिश्र’ पुरस्कार गायक दुवाललाई

काठमाडौं- युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले वरिष्ठ जनगायक, सङ्गीतकार, वाद्यवादक, बालगीतकार एवम् बालगीत सङ्गीतकार, नेवारी प्राचीन शास्त्रीय लोकसङ्गीत अन्वेषक तथा अनुसन्धानकर्ता श्री रामकृष्ण दुवाललाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०८० ले सम्मान गर्ने भएको छ ।

मिश्र स्मृति प्रतिष्ठानको १३औँ पूर्ण बैठकले उक्त निर्णय गरेको हो । काठमाडौंको किर्तिपुर निवासी दुवाल विगत लामो समयदेखि गायन, सङ्गीत र नेवारी प्राचीन शास्त्रीय लोक सङ्गीतको अध्ययन अनुसन्धान एवम् अन्वेषण र संरक्षणमा समेत क्रियाशील हुनुहुन्छ ।

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ गायक, संगीतकार, संगीत अन्वेषक एवम् अनुसन्धानकर्ता श्री रामकृष्ण दुवालको सुस्वास्थ्य, क्रियाशील दीर्घजीवन र सङ्गीत क्षेत्रमा निरन्तरताको लागि हार्दिक शुभकामना पनि व्यक्त गरेको छ ।

प्रतिष्ठानका महासचिव नन्दु उप्रेतीले दिएको जानकारी अनुसार सो पुरस्कार २०८० फागुन ६ गते कवि युद्धप्रसाद मिश्र ३४औँ स्मृति दिवसका दिन वरिष्ठ गायक दुवाललाई काठमाडौंमा प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.