विश्वकप लिग–२ सिरिज आजदेखिः नेपाल र नामिबिया पहिलो खेल खेल्दै

काठमाडौं- नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको आईसीसी विश्वकप लिग–२ सिरिज आज देखि सुरु हुदैछ । नेपालले सुरुवातमा आज घरेलु मैदानमा नामिबियासँगको खेलबाट सुरु गर्दैछ । खेल त्रिवी क्रिकेट मैदानमा विहान सबा ९ बजे हुनेछ ।

सन् २०२७ सम्म चल्ने लिग–२ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, युएई, ओमान, स्कटल्यान्ड, क्यानडा र नामिबिया छन् । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ को विश्वकप छनोटमा सोझै स्थान बनाउने छन् ।

शीर्ष चारमा पर्न नसके क्वालिफायर प्लेअफ खेल्नुपर्छ । प्लेअफको बिजेताले मात्रै विश्वकप छनोट खेल्न पाउँछ । प्लेअफमा घटुवा हुँदा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता गुम्ने खतरा पनि हुन्छ । तर अबको चार वर्षमा नेपालले ओडीआई मान्यता जोगाउने नभई एसोसिएट देशमध्ये पहिलो बन्ने लक्ष्य राखेको छ ।

नेपालले नेदरल्यान्ड्स र नामिवियाविरुद्ध खेल्नुअघि यसै साता क्यानडासँग तीन खेलको सिरिज खेलेको थियो। नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल नेदरल्याण्डस् र नामिबियासँग कडा प्रतिस्पर्धा हुने बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.