मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत प्राप्त

पक्षमा ६९ विपक्षमा ३५ मत

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत पाउनु भएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको पक्षमामा  मुख्यमन्त्री यादवलाई ६९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरे भने विपक्षमा ३५ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । मतदानमा १ सय ४ जना प्रदेशसभा सदस्यहरुले भाग लिएका थिए ।

यस अघि दुई पटक सिंगो सदनको मत प्राप्त गर्नु भएको मुख्यमन्त्री यादवको विपक्षमा यस पटक नेकपा एमाले र जनमत पार्टीले मतदान गरेको हो । मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले मतदान गरे ।

१ सय ७ सदस्यीय मधेसको प्रदेशसभामा नेकपा एमालेको २४, नेपाली कांग्रेसको २२, नेपाली कांग्रेस १९, जनतम १३, लोकतान्त्रिक समाजवादी पार्टी तथा माओवादी केन्द्र ९÷९, नेकपा एकिकृत समाजवादी पार्टी ७,  राप्रपा, नागरिक उन्मुक्ति पार्टी तथा नेपाल संघीय समाजवादी पार्टीको १÷१ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यस्तै मधेस प्रदेशसभा सदस्य एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

२०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका सरोजकुमार यादवले पहिलो पटक २०७९ माघ ४ गते १ सय २ प्रदेशसभा सदस्यहरुको मत सहित सिंगो सदनको विश्वासको मत प्राप्त गर्नु भएको थियो । त्यस्तै दोस्रो पटक २०८० जेठ ३० गते १ सय ३ प्रदेशसभा सदस्यहरुको मत सहित सिंगो सदनको मत प्राप्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.