शैक्षिक गणुस्तर सुधार र पूर्वाधार विकासमा महानगरको जोड: दाहाल

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले शिक्षाको गणुस्तरमा सुधार र शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासलाई उत्तिकै महत्वकासाथ अघि बढाएको बताउनु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयको ५२ अ वार्षिकोत्सवको बोल्दै महानगर प्रमुख दाहालले स्कुलको भौतिक संरचना निर्माण, स्तरउन्नतिदेखि शैक्षिक पूर्वाधार विकास गर्दै प्रबिधिमैत्री शिक्षण सिकाईमा महानगरले जोड दिदै आएको बताउनु भयो ।

‘अबको शिक्षा बैज्ञानिक, सीपमुलक र व्यवहारीक हुन जरुरी छ । गुणस्तरिय शिक्षा दिन जरुरी छ ।  विद्यालयहरु प्रविधिमैत्री हुनुपर्छ। यसमा महानगरले जोड दिइरहेको छ। शैक्षिक गणुस्तर र भौतिक पूर्वाधार विकासलाई सँगसँगै लैजानु अहिलेको आवश्यक्ता हो।’ दाहालको भनाइ छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारीले विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनु भयो । विसं २०२८ सालमा स्थापना भएको विध्यालयमा विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरू गरेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.