वीरगन्जमा चार घण्टाका लागि कर्फ्यु स्थगित

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा जारी कर्फ्युलाई आज विहान ४ घण्टाकालागि स्थगित गरेको छ । हिजो साँझ ५ बजेदेखी वीरगन्जमा लगाएको कर्फ्यु विहान ६ बजेदेखि १० बजेसम्मका लागि स्थगित गरेको हो ।
कर्फ्युका कारण आफनो गन्तब्यसम्म जान नसेकेका यात्रुलाई सहजता प्रदान गर्न र सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिद विक्रीका लागि कर्फ्युलाई चार घण्टा स्थगित गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लमसालले जानकारी दिनुभयो ।
उहाँले विहान साढे ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षिय बैठक डाकिएको र सो बैठकबाट परिस्थितीको मुल्याँकन गरी कर्फ्युलाई निरन्तरता दिने नदिनेबारे निर्णय गरिने बताउनुभयो ।
रौतहटको विषयलाई लिई हिजो वीरगन्जमा भएको विरोध जुलुशपछि ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि शान्ति सुरक्षालाई कायम राख्ने प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो ।
नगरको सुरक्षा व्यवस्थालाई कायम राख्न स्थानिय प्रशासनले वीरगन्जको चोकचोकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्