महासमिति बैठकमा उपसभापति खड्काद्वारा नीति प्रस्ताव पेश

ललितपुर – नेपाली कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरिरहुनभएकाे छ । ललितपुरकाे गाेदावरिमा हिजाेदेखि शुरु भएकाे महासमिति बैठककमा उपसभापति खड्काले नीति प्रस्ताव पेश गर्नुभएकाे हाे ।

६५ पृष्ठको नीति प्रस्ताव गत बिहीबार बसेकाे पार्टीकाे केन्द्रीय समितिमा पनि पेश गरिएकाे थियाे । खड्काले नीति प्रस्ताव पेश गरेसँगै आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुहुनेछ ।
यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्नुहुनेछ ।

कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.