कक्षा १० सम्मको नि:शुल्क शिक्षा उपलब्ध गराएको ठाकुरबाबा नगरपालिका सम्मानित

काठमाडौ – शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बर्दियाको ठाकुराबाबा नगरपालिकालाई सम्मानित गरिएको छ ।
शिक्षा पत्रकार समूहले रजत जयन्तीको अवसरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बर्दियाको ठाकुराबाबा नगरपालिकालाई सम्मान गरेको हो ।
२०७९ सालदेखि १० कक्षासम्म गरिएको निःशुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै समूहले सम्मान गरेको हो । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्तीका अवसरमा देशभरका स्थानीय पालिकाहरुमध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकालाई उत्कृष्ट कार्य गरेकोमा सम्मान गरिएकोको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।
देशभरका स्थानीय पालिकाहरु मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाले २०७९ सालदेखि सुरु गरेको निःशुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै शिक्षा पत्रकार समूहले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमसख तिलकराम लम्साल, उप प्रमुख विना कुमारी भट्टराई र प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालसहितको टोलीलाई शिक्षा पत्रकार समुहका अध्यक्ष कृष्ण मल्ल, सम्मान तथा पुरस्कार छनौट समितिका संयोजक प्राध्यापक डाक्टर विद्यानाथ कोइराला र शिक्षामन्त्री अशोककुमारले सम्मान पत्र प्रदान गर्नुभएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रमा आफ्नो पालिाकामा गरेको कार्यको मुल्यांकन गरि पालिका परिवारलाई प्रसंसासहित सम्मानित गरेकोमा आभार व्यक्त गर्दै शैक्षिक गुणस्तर उकास्दै शिक्षा क्षेत्रमा अझैँ थप काम गर्ने हौसलासंगै जिम्मेवारी थपिएको महशुस भएको नगर प्रमुख लम्सालले बताउनुभयो ।
शिक्षा पत्रकार समुहको रजत जयन्ती एवं सम्मान कार्यक्रममा शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मूलतः स्थानीय तहलाई नै दिइएकाले आफ्नो पालिकामा शैक्षिक गुणस्तर माथि उठाउँदै सबैले सर्वसुलभ शिक्षा पाउनका लागि पालिका आफै अग्रसर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्