चार समूहमा विभाजन गरि पाँच प्रतिवेदनमाथि छलफल शुरु

ललितपुर- नेपाली काँग्रेसको जारी महासमिति बैठककाे आज तेस्रो दिन पाँच प्रतिवेदनमाथि चार समूहमा विभाजन गरेर  छलफल भइरहेको छ ।
समूहगत छलफलमा सहभागिहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहनु भएको छ । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ ।
सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भैरहेको छ ।
समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्नुहुने व्यवस्था मिलाइएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराउनु भयो । ‘‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौं । सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउनु हुनेछ । ’’ उहाँले भन्नुभयो । महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.