विश्वकप क्रिकेट लिग-२ : नेदरल्यान्ड्सविरुद्ध नेपालको मध्यम लक्ष्य

काठमाडौं- आईसीसी अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले नेदरल्याडलाइ जितका लागि १ सय ७३ रनको मध्यम खालको लक्ष्य दिएको छ ।
निर्धारित खेलमा सबै विकेट गुमाउँदै नेपालले १ सय ७२ रन बनाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका कुशल भुर्तेललले ६६ रनको अर्धसतकिय पारी खेलेका छन् ।
खेलमा आरिफ शेखले २१, आसिफ शेखले १७ र रोहित पौडेलले १६ रनको योगदान दिए । नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका आर्यन दत्त र भिभयन किंग्माले समान ३–३ विकेट लिए भने बास डि लिडले २ तथा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।






प्रतिक्रिया राख्नुहोस्