इलाम र बझाङमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुने

काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर-२ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर-१ को उपनिर्वाचन आउँदो १५ वैशाखमा हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तय गरेको हो ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता सो क्षेत्रमा उक्त पद रिक्त छ । त्यस्तै, बझाङ प्रदेशसभा-१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार २५ मा गाडी दुर्घटनामा निधन भएको थियो ।

सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.