त्रिकोणात्मक टी-२० सिरिजः नेपाल र नेदरल्यान्डस् भिड्दै

काठमाडौं- त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी- २० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । टियु क्रिकेट मैदानमा यो खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमै नेपाल हिजो पाहुना टोली नामिबियासँग २० रनले पराजित भएको छ । सुरुवाती ब्याटिङ गरेको नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लेफिट इटनले ३३ बलमा शतक प्रहार गर्दै यसअघि कुशल मल्लको नाममा रहेको ३४ बलमा शतक पुरा गर्ने कीर्तिमान तोड्न सफल भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.