हुम्लामा हिमपात र वर्षा (तस्वीर सहित)

हुम्ला- शनिबार राती ९ बजेदेखि हुम्लाको उत्तरी भेगमा हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको लिमि, चाला, मुचु, हिल्सा, यारी, तुम्कोट, खगालगाउँ, हेप्का केर्मी र सदरमुकाम सिमकोट गाउँपालिका आसपास हिमपात भएको छ ।

हिमपातसँग किसानहरूको मुहारमा समेत खुसी छाएको छ । यस वर्ष अन्नबाली राम्रो हुने भन्दै किसानहरू खुसी देखिन्छन् । हिमालपारी लिमी हिउँ पछिल्लो समय हिउँ परेपछि गाउँमा छर्न तयार गरिएका नाफल, उवा राम्रो हुने नाम्खाका स्थानीयको भनाइ छ ।

समयमै हिउँ नपरेपछि अन्न राम्रो हुँदैन तर यस वर्ष उत्पादन रामै हुन्छ स्थानीयको भनाई छ । एक फिट हिउँ जमेकाले अलि चिसो छ, घरभित्रै आगो बालेर बस्दै आएका छन् त्यहाँ स्थानीय ।

सदरमुकाम आउजाउ गर्न न्यालुलेख बन्द छ । अब चैत-बैशाखका मात्रै खुल्छ स्थानीयले बताउने गरेका छन् । यस्तै सदरमुकाममा पनि हिमपात भएपछि नेपालगन्ज, सुर्खेतबाट हुने नियमित उडान हिजोबाट प्रभावित छ । प्रतिकूल मौसमका कारण हवाई उडान हुन सकेको छैन ।

उत्तरी भेगका सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका क्षेत्रमा हिमपात भएको छ । तर दक्षिणी चार गाउँपालिका चंखेली, सर्केगाड, अदानचुली, ताजाकोटमा वर्षा भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.