स्थानीय तहको विकासका लागि ‘असल अभ्यास’ आदान प्रदान कार्यक्रम

चितवन : पर्यटकीय नगरी सौराहामा स्थानीय तहका ‘असल अभ्यास’ आदान प्रदान कार्यक्रम सुरु भएको छ ।

दुई दिनसम्म चल्ने कार्यक्रमको वागमती प्रदेश सरकारका प्रमुख सचिव घनश्याम उपाध्यायले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै उहाँले तीनै तहका सरकार बीच समन्वयको आवश्यकतामा जोड दिँदै योजना निर्माण, श्रोत व्यवस्थापन, जनशक्तिको क्षमता अभिवृद्धि र व्यवस्थापनका विषयमा संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रदेश सचिव हुमकला पाण्डेले अन्तर सरकारी सम्बन्ध सुदृढीकरण, स्थानीय र प्रदेश सरकारको क्षमता विकासमा पि.एल.जि.एस.पी कार्यक्रमको भूमिकाको प्रशंसनीय रहेता पनि समग्रमा वित्तिय तथा भौतिक प्रगति बढाउनु पर्नेमा विशेष जोड दिनुभयो ।

उहाँले संघ र प्रदेश सरकारले आवश्यक कानून र मापदण्ड तयार गरी सोअनुसार कार्य प्रगति भए नभएको तर्फ ध्यान दिनुपर्ने विचार राख्दै कार्यक्रमबाट स्थानीय भूगोल र नागरिकको आवश्यकता अनुसार सहयोग र प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो  ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पि.एल.जि.एस.पी) का राष्ट्रिय कार्यक्रम निर्देशक डा.नारायणप्रासद रेग्मीले स्थानीय तहले सङ्घीय सरकारबाट प्राप्त हुने साझा अधिकारीको सूची अनुसार कानुन निर्माण तथा कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रम ७ प्रदेशमा गर्ने लक्ष्यका साथ ५ प्रदेशमा सम्पन्न भईसकेको जानकारी दिनुभयो ।

संघियताको लाभको सही उपयोग र सफलताका लागि स्थानिय तहका योजनाहरूमा प्रदेश र स्थानीय सरकारले भूमिका खेल्नुपर्नेमा रेग्मीको जोड थियो ।

असल अभ्यास आदान प्रदान गर्ने पद्धतिले नागरिकलाई सू–सूचित गर्नुका साथै संघीयतालाई संस्थागत गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबै स्थानीय तहले स्पष्ट मार्गचित्र र कार्यसूची तयार गरी सोही अनुसार आफ्ना प्राथमिकता तयार गर्नुपर्ने तर्फ स्थानीय तहको ध्यानाकृष्ट कार्यक्रममा गरिएको थियो ।

सुशासनसँग सम्बन्धित विभिन्न विषयगत क्षेत्रहरूमा स्थानीय तहहरूबाट अनुभवको आदान प्रदान हुने यस अन्तक्रिया कार्यक्रमबाट स्थानीय तहको सेवा प्रवाह सुधारका हुने पि.एल.जि.एस.पी राष्ट्रिय कार्यक्रम व्यवस्थापक भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो  ।

गाउँपालिका तथा नगरपालिका, महानगरले आफ्नो काम कर्तव्य र अधिकारको अभ्यासका क्रममा उदाहरणीय कामलाई असल अभ्यास मान्दै त्यस्ता कामको सूची केन्द्र सरकारलाई पठाएसगैँ असल अम्यासहरुको नमुना संकलन गरिने व्यवस्थपक भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो  ।

केन्द्र सरकारले स्थानीय तहका ‘असल अभ्यास’ खोज्ने अभियान अन्तर्गत वागमती प्रदेशका ११९ तहमध्ये ३० तहका प्रमुख अध्यक्ष, उप्रमुख उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरुको ‘असल अभ्यास’ आदान प्रदान कार्यक्रम सुरु गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.