लोक सेवा आयोगको चौथो सम्मेलन सुर्खेतमा शुरु

सुर्खेत – लोकसेवा आयोगको चौथो सम्मेलन आजबाट सुर्खेतमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो ।
सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले अधिकार, कर्तव्य, जिम्मेवारी र सीमितता बुझ्दै समन्वय गरेर अगाडि बढ्न प्रदेश लोकसेवा आयोगलाई आग्रह गर्नुभयो । विधि, पद्धतिलाई साटासाट गर्दै प्रदेश लोकसेवा आयोगलाई बलियो बनाउने लोकसेवा आयोग केन्द्रीय कार्यालयको उद्देश्य रहेको उहाँको भनाइ छ ।
उद्घाटन सत्रमा कर्णाली प्रदेशका कायममुकायम मुख्यसचिव चुडामणी पौडेल, कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले शुभकामना मन्तव्य दिनुभयो ।
यसैगरी, लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष डा.डिलाराम भट्टराई, गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष सजना दाहाल र मधेश प्रदेश लोकसेवा आयोगका सदस्य डा‍ सुजाता देवले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्मेलनमा सातवटै प्रदेश लोकसेवा आयोगका पदाधिकारीसहित कर्मचारीको सहभागिता छ। सुर्खेत घोषणापत्र जारी गर्दै विहिबार सम्मेलन सम्पन्न हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.