काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ- नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
भोलि अर्थात बिहीबार विहान ९ बजे पार्टी संसदीय दलको बैठक बस्ने जानकारी प्रमुख सचेतक रमेश लेखकले दिनुभयो ।
उहाँले वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको बताउनुभयो ।
माओवादी केन्द्रसँग गठबन्धन टुटेपछि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
यसबीचमा नेपाली काँग्रेसले सत्ता गठबन्धन टुट्नुमा प्रधानमन्त्री प्रचण्ड नै दोषी रहेको निष्कर्ष निकालेको थियो ।
काँग्रेस पदाधिकारी बैठकले गठबन्धन टुट्नुलाई अस्वभाविक भन्दै यसले देशलाई अस्थिरतातर्फ धकेलेको जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्