एकिकृत समाजवादीबाट जोशी र बूढा मन्त्री
काठमाडौँ- नेकपा एकिकृत समाजबादीले २ जनालाई मन्त्रीमण्डलमा सहभागी गराउने भएको छ।
एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीको तर्फबाट २ जनाको नाम दिनुभएको हो ।
भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्री बनाउने निर्णय एकिकृत समाजवादीले गरेको हो ।
जसअनुसार जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने बुढाले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।।






प्रतिक्रिया राख्नुहोस्