गठबन्धन टुट्नु सुखद: डा कोइराला

मोरङ- नेपाली काँग्रेसका पुर्व महामन्त्री एवम् नेता डा. सशांक कोइरालाले माओवादी केन्द्रसँगको गठबन्धन टुट्नु काँग्रेसका लागि सुखद् भएको धारणा राख्नु भएको छ ।

आज विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता डा. कोइरालाले कम्युनिष्टसँग गठबन्धन गर्नु नै गलत भएको र अब नेपाली काँग्रेस एक ढिक्का भएर विचार र सिद्धान्तमा अडिग भएर अगाडि बढ्ने बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर लोकतान्त्रिक तरिकाले जनताको आवाज बुलन्द गर्नुपर्ने जिकिर गर्नुभयो ।

फरक प्रसङ्गमा डा. कोइरालाले नेपाली काँग्रेसमा वरिष्ठ नेता सम्बन्धी व्याख्या नभएकाले अहिलेसम्म वरिष्ठ नेता नतोकिएको जानकारी दिनुभयो ।

उहाँले सभापतिमा हारेको भन्दा पनि पार्टिमा वरिष्ठ रहेका नेताका लागि वरिष्ठ नेताको प्रावधान राख्नुपर्ने जिकिर गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.