नवौं फर्मा एक्स्पो चितवनमा सुरु

काठमाडौ – चितवनमा नवौं फर्मा एक्स्पो २०२४ सुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) ले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौं फर्मा एक्स्पो आयोजना गरेको हो।
चितवन एक्स्पो सेन्टर भरतपुरमा शुक्रबारदेखि शुरु तिनदिने ‘एक्स्पोमा १६० वटा स्टल छन्। नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत ९ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ र नेपाली औषधि उद्योगले बनाएका औषधिको स्टल समेत प्रदशनीमा राखिएको औषधि उत्पादक संघका पुर्व अध्यक्ष शंकर घिमिरेले जानकारी दिनु भयो ।
आर्थिक मन्दीका कारण मुलुकका राष्ट्रिय उद्योगहरु धरासायी बन्दै गइरहेको अबस्थामा एक्स्पोले सकारात्मक सन्देश दिने उहाँले बताउनु भयो । एक्स्पोको करिब २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ।।
प्रतिक्रिया राख्नुहोस्