बिजुलीको पोल ढलेर करेन्ट लाग्दा दुई जनाको मृत्यु

सुर्खेत- कोलिकोटको नरहरिनाथ गाउँपालिका–८, लालु ठाडाबाटोमा विजुलीको पोल ढलेर करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

आज विहान बिजुलीको पोल सार्नेक्रममा करेन्ट लागेर नरहरिनाथ गाउँपालिका–८, लालुका ४३ वर्षिय केशव थापा र २५ वर्षिय गंगा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पुरानो पोल हटाएर नयाँ पोल गाड्ने क्रममा पोल ढलेर करेन्टलागेपछि उनीहरुको मृत्यु भएको प्रत्यक्षदर्शी सोही वडाका अध्यक्ष लालबहादुर बिष्टले बताउनु भयो ।

उहाँका अनुसार मृतक केशव थापा स्थानीय मंगलासैनी माविका शिक्षक र गंग थापा कृषक हुन् । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा विद्युतको पोल व्यवस्थापन गर्ने क्रममा सावधानी नपाउँदा पोल ढलेर हाइटेन्सनलाइनको करेन्ट लागेर उनीहरुको ज्यान गएको प्रहरीको भनाइ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.