मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुरमा- भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मणिराजको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल गएराति सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको हो ।

मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेको जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.