गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि पहल गर्छु: मन्त्री तामाङ

काठमाडौँ- दुईबर्ष अघि संचालमा आएको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तराष्टिय विमानस्थलबाटट आन्तरिक उडानहरु मात्र संचालनमा आएका छन् । राष्टिय गौरवका यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै  नियमित अन्तराष्टिय उडान हुन नसक्दा  त्रिभुवन अन्तराष्टिय विमानस्थलमा चाप बढेको बढै छ  ।

३१ अर्व विदेशी ॠृणमा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल तथा २८ अर्व ॠृणमा निर्माण गरिएको पोखरा अन्तराष्टिय विमान स्थलबाट अझै नियममित अन्तराष्टिय उडान हुन सकेको छैन । दुई बर्षअघि संचालनमा आएको गौतमबुद्ध विमानस्थल तथा पोखरा अन्तराष्टिय विमान स्थलबाट अन्तराष्टिय उडान नभएका कारण विदेश जाने नेपाली त्रिभुवन अन्तराष्टिय विमानस्थल प्रयोग गर्न बाध्य छन् । यसअघि गौतमबुद्ध विमान स्थलमा जजिरा एयरवेजले साताको तीन दिन कुवेत नेपाल उडान गरेपनि नियमित भने हुन सकेन् ।

गौतमबुद्ध तथा पोखरा अन्तराष्टिय विमानस्थबाट अन्तर्राष्ट्रिय उडानको अवस्था र सम्भावनाबारे अध्ययन भईरहेको नब नियुक्त सांस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री हितबाहदुर तामाङले जानकारी दिनु भयो । यी दुई विमानस्थल चाडै उपयोगमा ल्याउने तयारी रहेको मन्त्री तामाङको भनाई  छ ।

यसैगरी मन्त्री तामाङले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि आवश्यक रणनिती तयार गर्ने काममा मन्त्रालयले गरीरहेको वताउनु भयो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यी पोखरा अन्तराष्टिय विमानस्थलमा जजिरा, कोरियन तथा बुद्ध एयरलायन्सले उडानका लागि चासो देखाएका छन् भने गौतमबुद्ध विमानस्थलमा हिमालय एयरलायन्सले उडानका लागि चासो देखाएको छ ।  नेपालमा अहिले तीन अन्तराष्टिय विमानस्थल सहित ५५ विमानस्थल रहेका  छन भने ती मध्ये ३४ विमानस्थलमात्रै संचालनमा आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.