सर्वश्रेष्ठ फिल्मसहित ‘ओपेनहाइमर’ले जित्यो सात विधामा ओस्कार अवार्ड

काठमाडौं- चर्चित फिल्म ओपेनहाइमरले यसवर्षको सर्वश्रेष्ठ फिल्म उपाधि ओस्कर अवार्ड जितेको छ । ७ विधामा अवार्ड जित्दै यो फिल्म सर्बोत्कृष्ट बन्न सफल भएको हो । ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।

यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक,अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बने भने किलियन मर्फी उत्कृष्ट अभिनेता घोषित भए । रोबर्ट डाउनी जुनियरले सहायक अभिनेतामा बाजी मारे ।

ओपनहाइमर चलचित्र परमाणु बमका पिताको रूपमा परिचित जुलियर रोवर्ट ओपनहाइमरको जीवनीमा आधारित चलचित्र हो ।
ओस्कर अवार्ड अन्तर्गत अन्तर्राष्ट्रिय फिल्म अवार्डको उपाधि दी जोन अफ इनट्रेस्टले जितेको छ ।

बेलायती निर्दैशक जोनाथन ग्लेजरले निर्देशन गरेको यो चलचित्र विभिन्न ३ विधामा मनोनयनमा परेको थियो । सन् २०२३ मा रिलिज भई मनोनयनमा परेका चलचित्रहरु पुरस्कृत भएका हुन । चलचित्रका विभिन्न २३ विधामा पुरस्कार दिइएको छ ।

समारोह ९६ औं एकेडेमी अवार्डका रुपमा अमेरिकाको लसएन्जल्समा आयोजना गरिएको हो । अवार्ड अन्तर्गत उत्कृष्ट सहअभिनेतृ विधामा दी होल्डओभरकी दाभिन जोय र्‍यानडलफ छानिएकी छिन । यसैगरी उत्कृष्ट एनिमेटेड फिचर फिल्मको अवार्ड दी बोइ एन्ड द हेरनले जितेको छ ।

कस्ट्युम डिजाइन, मेकअप तथा हेयरस्टाइल र प्रोडक्सन डिजाइन तीनै विधाको पुरस्कार पुअर थिङ्सले हात पारेको छ । मनोनयनको एनिमेटेड सर्ट फिल्मतर्फको पुरस्कार वार इज ओभरले जितेको छ ।

पटकथा लेखनतर्फ अमेरिकी फिक्सनले जितेको छ भने कथा लेखनमा एनाटोमी अफ अ फल उत्कृष्ट घोषित भएको छ । ओस्कर अवार्डलाई चलचित्र क्षेत्रको सर्वोच्च उपाधिका रुपमा लिइँदै आएको छ । सन् १९२७ देखि सुरु भएको अवार्ड श्रृंखलाले ९६ वर्ष पार गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.