अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन संसदबाट विधेयक पारित

काठमाडौं- अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने ऐतिहासिक विधेयक पारित गरेको छ । यसले सामाजिक सञ्जालको विशाल चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो नियन्त्रण गर्ने हिस्सेदारी बेच्न ६ महिनाको समय दिनेछ । अन्यथा सो एपलाई अमेरिकामा रोक लगाइनेछ ।

फरक विचारधारा भएका दुई पार्टीको अत्यधिक मतबाट तल्लो सदनमा यो विधेयक पारित भएको हो । यद्यपी कानुन बन्नका लागि भने विधेयक संसदको माथिल्लो सदन सिनेटबाट पारित भई राष्ट्रपतिबाट हस्ताक्षर हुन आवश्यक हुन्छ ।

अमेरिकामा टिकटकमा चीनको प्रभावबारे सांसदहरूले लामो समयदेखि चिन्ता र चासो व्यक्त गर्दै आएका छन् । टिकटक चीनिया कम्पनी बाइट डान्सको स्वामित्वमा छ ।

अमेरिकामा चीनिया कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको एप राष्ट्रिय सुरक्षाको दृष्टिकोषणले जोखिमपूर्ण भएको सांसदहरुको भनाइ छ । अमेरिकामा टिकटकका १५ करोड प्रयोगकर्ता छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.