सबै मिलेर संविधानको कार्यान्वयन गर्नुपर्छ : पूर्वअध्यक्ष तिमिल्सीना

म्याग्दी- राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सबै मिलेर संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमालेकाे म्याग्दीमा गरिएकाे कार्यक्रममा पूर्व अध्यक्ष तिमिल्सीनाले संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले सरकार, राजनीतिक दल र जनप्रतिनिधिहरुले संविधानको कार्यान्वयन गर्नुपर्ने बताउँदै कतिपय विकसित देशहरुको तुलनामा नेपालले उत्कृष्ट संविधान निर्माण गरेको दावी गर्नुभयो ।

तिमिल्सीनाले कानुनी र संवैधानिक हिसाबले अन्य देशभन्दा नेपालले अत्यन्तै राम्रो संविधान बनाएको भनेर विदेशी कूटनीतिज्ञ र प्रतिनिधिहरुले प्रशंसा गर्ने गरेको बताउँदै सबै मिलेर संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व अध्यक्ष तिमिल्सीनाले भन्नुभयो, ‘आज हामी कानुनी र संवैधानिक हिसाबले दुनियाका अब्बल भनिने संविधान जस्तै नेपालको संविधानमा पनि कमी, कमजोरीहरु केही होलान्, तिनलाई सच्याउनुपर्नेहोला । तर, अत्यन्तै राम्रो संविधान बनेको छ । दुनियाका मान्छेहरुले प्रशंसा गर्छन् । नेपालमा हामीले यो व्यवस्था गरेका छौं, भनेर यहाँ आउने विभिन्न कूटनीतिक क्षेत्रका मान्छे या बाहिर जाँदाखेरी त्यो देशका त्यहाँका सभामुखहरु, अध्यक्ष, त्यहाँका मन्त्रीहरुसँग मैले आफै कुरा गर्दा पनि ओहो नेपालको यस्तो राम्रो संविधान भन्छन् । तर संविधान आफै खुरुखुरु दौडिएर कार्यान्वयन हुँदैन । कार्यान्वयन गर्ने कसले हो, सरकारले हो । राजनीतिक दलहरुले हो । जनप्रतिनिधिले हो । त्यसैले, संविधान कार्यान्वयन गर्ने कुरामा हामीले ध्यान दिनुपर्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.