सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन जारी राख्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले काँग्रेस नेतृत्वको सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।

सो पार्टीको संसदीय दलको बैठकले नेपाली काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको हो ।

आज बसेको बैठकमा नाउपाका ५ जना प्रदेश सदस्यहरु सहभागी थिए । २ जना भने अनुपस्थित भएका थिए ।

नाउपाले संघीय सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपनि प्रदेशमा भने काँग्रेस नेतृत्वको पुरानै गठबन्धनलाई समर्थन जारी राखेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.