रुखको छहारी मुनी बसेको होस कि घाम ताप्ने या घण्टी बजाउने होस कारबाही गर्नुपर्छ: गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन काण्ड होस या सहकारी प्रकरणमा कुनै दल विशेष नहेरी कारवाही गर्नुपर्ने बताउनु भएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको बोल्दै थापाले जुन सुकै दल विशेषको भएपनि काण्डमा मुछिएको छ भने छानविन हुनुपर्ने र दोषि देखिए कारवाही गर्नुपर्ने धारणा राख्नु भएको हो ।

आफू सत्तापक्षमा रहँदा पनि भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन, सुन तस्करी छानबिनका लागि अयोग बनाउन र अख्तियारमा बयान दिएका मन्त्रीलाई घर पठाउन संसद्‌मा बोलेको बताउँदै थापाले सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्छ भन्ने हिम्मत गर्न सत्तापक्षका सांसदलाई आग्रह गर्नु भयो ।

‘शरणार्थी प्रकरणको विषयमा खुट्टा नकमाउ भनेर रोस्टमबाट बोलेको हुँ, सुन तस्करी छानबिनका लागि आयोग बनाउने कुरामा साथ दिएको हो । अख्तियारले छानबिन गरेकालाई घर पठाउ भनेको थिए’, थापाले भन्नु भयो, ‘सत्तापक्षबाट भन्नु हुनेछ, सुनकाण्ड एक जनाले पनि उन्मुक्ति नपाओस्, रुखको छहारी मुनी बसेको होस कि घाम ताप्ने या घण्टी बजाउने होस भन्ने हिम्मत गर्नुपर्छ । सहकारी काण्डमा शक्तिशाली होस्, लोकप्रिय होस्, नयाँ होस् । गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस् भन्ने हिम्मत राख्छौं कि राख्दैनौं? सिंगो सदनको विवेक माथिको प्रश्न हो । अनुसन्धान फेयर होस् भन्ने हामी चाहन्छौं’ थपाले भन्नु भयो ।

थापाले सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग बनाउनुपर्ने एमालेको माग अहिले सही साबित भएको बताउनु भयो । ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरूलाई लुकाएको छ भनेर जोडदारसँग उठायो । शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ हामीले भर्खरै समाचार सुन्यौँ कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारलाई धन्यवाद छ आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ । तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । तर, यसले एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ ।’ थपाको भनाइ थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.