पूर्व सभामुख महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडाैं- सुन तस्करी प्रकरणमा पक्राउ पर्नु भएका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको प्रहरीले जनाएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका  महरालाई आजै काठमाडौँ ल्याइ  म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

महराका छोरा राहुल महरा यसअघि नै भेप प्रकरणमा अहिले पनि थुनामा नै छन ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणका दोषीहरुलाई कारवाही गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

त्यसो त सुन तस्करी प्रकरणमा छानविन आयोगले थप अनुसन्धान गर्नुपर्ने समेत राय दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूरक अनुसन्धानको लागि प्रकृया अघि बढाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.