निसीखोला बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, २५ जना घाइते

बागलुङ- बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा घटनास्थलमै सात जनाको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटनाका घाइते २५ जनाको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित चार महिला रहेका छन् । मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ ।

बस सोमबार साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । बस सडकदेखि एक सय ५० मिटर तल खसेको छ ।

मृत्यु हुने अधिकांश रुकुमका रहेको हुँदा घटनास्थलमै मृत्यु भएका सातजनाको शव सङ्कलन गरी रुकुम पठाइएको प्रहरी प्रमुख विकको भनाइ छ । बाटोमा मृत्यु भएकामध्ये एकजनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको विक बताउनुहुन्छ ।

रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं को सोमबार साझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको दुर्घटनाग्रस्त बस । तस्बिर सौजन्य : नेपाल प्रहरी/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.