हुम्लाको अदानचुलीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, सात घाइते

हुम्ला- अदानचुली गाउँपालिका- ४ को मोडमा बोलेरो जीप हुदाँ दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

सु.प. ०१००१ ज ११८३ नम्बर जीप दुर्घटना परी अदानचुली गाउँपालिका – का ४० वर्षिय फागुने लुवार र साेही वडाका १३ वर्षिय प्रवेश ऐडीकाे मृत्य भएकाे हो । दुर्घटनामा सात जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घाइते हुनेमा गाडी मालिका वडा-१ का २५ वर्षिय धनमल महतारा, जीप चालक दार्चुला घर भएका २४ वर्षिय जनक ठकुन्ना वडा-५ का ३८ वर्षिय चैती बुढा, वडा-५ कै ६० वर्षिय कुल टमटा वडा- ५ का ४५ वर्षिय बल बाेहरा ४५ वर्षिय रामबहादुर ऐडी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर नरेन्द्र चन्दले बताउनुभयो । घाइतेमध्ये दुई जना सामान्य रहेकाे र पाँच जनाको अवस्था गम्भीर रहेकाे चन्दले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.